बी.एड. (B.Ed.) कार्यक्रमको दृष्टिकोण
बी.एड. कार्यक्रमको दृष्टिकोण सर्दी बहुमुखी क्याम्पसमा
अध्ययन गर्ने विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हो। यस
कार्यक्रममार्फत सक्षम, दक्ष र जिम्मेवार शिक्षकहरू तयार गरी शैक्षिक क्षेत्रको समग्र विकासमा योगदान
पुर्याउने लक्ष्य राखिएको छ।
बी.एड. कार्यक्रमको मुख्य उद्देश्य देशको शैक्षिक क्षेत्रमा
आवश्यक पर्ने योग्य मानव संसाधन उत्पादन गर्नु हो। यस कार्यक्रमले पाठ योजना
निर्माण, विद्यालय तथा शैक्षिक संस्थाको व्यवस्थापन, राष्ट्रिय, स्थानीय तथा विद्यालय तहका पाठ्यक्रम विकास, विद्यार्थीको उपलब्धि मूल्याङ्कन तथा मापनजस्ता शैक्षिक सीपहरू
विकासमा जोड दिन्छ। साथै आधुनिक तथा स्थानीय परम्परागत प्रविधिको प्रयोगमार्फत
प्रभावकारी शिक्षण–सिकाइ वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ।
सर्दी बहुमुखी क्याम्पसमा सञ्चालित बी.एड. कार्यक्रमका उद्देश्यहरू यस प्रकार
छन्:
·
देशका विद्यालयहरूको आवश्यकता अनुसार योग्य शिक्षक तथा मानव संसाधन उत्पादन
गर्नु।
· शिक्षक, शिक्षा
विशेषज्ञ, शैक्षिक व्यवस्थापक तथा विद्यालय प्रशासक बन्न आवश्यक ज्ञान, सीप
र क्षमता विकास गराउनु।
· देशको शैक्षिक क्षेत्रको उन्नति र
प्रगतिमा सक्रिय योगदान पुर्याउनु।
· शैक्षिक योजना निर्माण, व्यवस्थापन, पाठ्यक्रम
विकास, मूल्याङ्कन तथा विद्यार्थी उपलब्धि मापनका क्षेत्रमा परामर्श सेवा प्रदान
गर्नु।
·
शिक्षकहरूलाई मनोविज्ञान, पाठ्यक्रम, मूल्याङ्कन
तथा मापन, विद्यमान शैक्षिक अभ्यास र शिक्षण–सिकाइमा आवश्यक
नवप्रवर्तनका क्षेत्रमा अनुसन्धान गर्न सक्षम बनाउनु तथा अनुसन्धानका नतिजा
सम्बन्धित सरोकारवालासम्म पुर्याउनु।
सर्दी बहुमुखी क्याम्पस, सर्दी बगैचा