हाम्रा सूचनाहरू👉

Sunday, December 14, 2025

हाम्रो बारेमा ।

 सर्दी बहुमुखी क्याम्पस विनयी त्रिवेणी गाउँपालिका–४, सर्दी बगैचा, नवलपरासी (ब.सु.पु.)  सर्दी बहुमुखी क्याम्पस विनयी त्रिवेणी गाउँपालिका–४, सर्दी बगैचामा अवस्थित एक प्रतिष्ठित सामुदायिक क्याम्पस हो, जसको स्थापना वि.सं. २०६९ सालको माघ २५ गते (२०६९।१०।२५) मा स्थानीय शिक्षाप्रेमी नागरिकहरूको सक्रिय सहयोग तथा प्रतिबद्धतामा गरिएको हो। क्याम्पसले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गाउँमै उच्च शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्दै आएको छ।  सामुदायिक सहयोगमा स्थापित यस क्याम्पसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी हाल विषयगत शिक्षा (B.Ed.) र मानविकी संकाय (B.A./BBS) तहमा पठनपाठन गराउँदै आएको छ।  "गाउँमै गुणस्तरीय शिक्षा, राष्ट्र निर्माणका लागि साझा संकल्प" भन्ने मूल नाराका साथ अगाडि बढिरहेको क्याम्पसले शिक्षा, अनुशासन र नैतिक मूल्यमा आधारित शिक्षण सिकाइ वातावरण निर्माण गरी विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्‍याइरहेको छ।  यहाँका दक्ष तथा अनुभवी शिक्षकहरू, ICT-संलग्न शिक्षण प्रणाली, पुस्तकालय, आवश्यक भौतिक पूर्वाधार र शैक्षिक गतिविधिले विद्यार्थीहरूलाई व्यवहारिक, प्रगतिशील तथा जिम्मेवार नागरिकको रूपमा विकास गर्न सहयोग गर्दै आएका छन्।



No comments:

Post a Comment