अध्यक्ष श्री कृष्णप्रसाद भुसालको साथमा मा. लक्ष्मण बहादुर पाण्डे ।
सर्दी बहुमुखी क्याम्पसमा नयाँ भवन निर्माणको औपचारिक सुरुवातका लागि "भवन शिलान्यास कार्यक्रम" आयोजना गरी सकिएको छ। क्याम्पसको शैक्षिक तथा भौतिक विकासलाई थप मजबुत बनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो।
उक्त शिलन्यास कार्यक्रम २०८२ मंसिर ११ गते, दिउँसो १२:४५ बजे क्याम्पसका अध्यक्ष श्री कृष्णप्रसाद भुसाल तथा माननीय लक्ष्मण बहादुर पाण्डेद्वारा संयुक्त रूपमा भवन निर्माण स्थल, विनयी त्रिवेणी–४, सर्दी बजारमा सम्पन्न गरिएको छ। नयाँ भवन निर्माणपछि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि थप व्यवस्थित शैक्षिक वातावरण तयार हुने अपेक्षा गरिएको छ।
यस महत्वपूर्ण अवसरमा शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, स्थानीय प्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरू उपस्थित भई कार्यक्रम सफल पारिदिनु भएकोमा सबैजना प्रति हार्दिक आभार व्यक्त गर्दछाैं ।
No comments:
Post a Comment